दफा ११
नवीकरण गर्नु पर्ने
– यस ऐनबमोजिम दर्ता भएको फर्मको आर्थिक वर्ष भुक्तान भएको पैंतीस दिनभित्र अनुसूची २ (ख) मा तोकिएको दस्तूर साथ अनुसूची १ (ख) को ढाँचाको फारममा सम्वन्धित विभागमा दरखास्त दिनु पर्नेछ । सो म्यादभित्र दस्तूरसाथ दरखास्त परेमा सम्वन्धित विभागले त्यस्तो फर्मको दर्ता लगतमा र दर्ता प्रमाणपत्रमा नवीकरणको व्यहोरा जनाई दिनु  पर्नेछ । नवीकरण नगराई सोही नामबाट कुनै फर्म चलाउनु  हुँदैन ।